नेकपा शक्ति संघर्ष : पूर्वएमाले पक्षको बसुन्धरामा भेला, उपप्रधानमन्त्री पोखरेलद्वारा सम्बोधन

आइतबार, २३ कार्तिक, २०७७
डिजिटल संस्करण
नेकपा शक्ति संघर्ष : पूर्वएमाले पक्षको बसुन्धरामा भेला, उपप्रधानमन्त्री पोखरेलद्वारा सम्बोधन

फाइल तस्वीर

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपामा अन्तरद्वन्द्व उत्सर्गमा पुग्दै गर्दा स–सानादेखि सचिवालय सदस्यहरूसम्मको अनाैपचारिक भेला बाक्लो हुँदै गएको छ ।

यसै क्रममा शनिबार पूर्वएमाले पक्षका कार्यकर्ताहरूको भेला काठमाडौंको उत्तरी क्षेत्र बसुन्धरामा बसेको तथ्य खुलेकाे छ ।

सो भेलालाई नेकपाका नेता एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले सम्बोधन गरेका थिए । 

क्षेत्र नम्बर ५ को कार्यकर्ता भेला भनिएको भए पनि उक्त भेलामा पूरै पूर्व एमालेसम्बद्ध नेता कार्यकर्ताहरूको मात्र उपस्थिति रहेको थियाे । 

नेकपाको काठमाडौं जिल्ला कमिटी अध्यक्ष कृष्ण राईसहित अन्य अगुवा कार्यकर्ताहरू यस भेलामा सहभागी भएको स्रोतले जनाएको छ । 
 

सुझावित समाचार