बाढीले बगाएको पुल नबन्दा साँफे–मार्तडी सडकखण्डमा सवारीसाधन चल्न सकेनन्

आइतबार, २३ कार्तिक, २०७७
डिजिटल संस्करण

अछाम र बाजुरा जिल्लाको साँफे–मार्तडी सडकखण्डमा पर्ने जडांकमा रहेको बुढीगंगा नदीमा पुल नबन्दा यातायात सञ्चालन हुन सकेको छैन । 

२५ साउन राति आएको बाढी पहिरोका कारण बुढीगंगा नदीमा रहेको बेलिब्रिज बगाएको हो ।

बाढीपहिरोले पुल बगाएको चार महिना बितिसक्दा पनि बुढीगंगा नदीमा पुल निर्माण हुन सकेको छैन ।

पुल निर्माण नभएपछि यस सडकखण्डमा सञ्चालन हुने लामाे तथा छाेटाे दूरीका सवारीसाधन सञ्चालन हुन सकेका छैनन् ।  

सवारीसाधन नचलेपछि बाजुरालगायत छिमेकी जिल्ला हुम्ला, जुम्ला, मुगुका यात्रुहरूलाई यात्रा गर्न निकै असहज भएको नागरिक समाजका अगुवा शेरबहादुर शाहीले बताए । 

उनले बाढीपहिरोले पुल बगाएको अवस्थापछि गृहमन्त्री रामबहादुर थापालगायतको टोलीले भ्रमण गरको भए पनि अहिलेसम्म यसको पुनर्निर्माणका लागि प्रयास नभएकोमा दुःख व्यक्त गरे । 

त्यसवेला एक महिनाभित्र पुल निर्माण गरी यातायात सञ्चालन गर्ने घोषणा गरे पनि पुल अहिलेसम्म निर्माण हुन सकेको छैन ।           
 

सुझावित समाचार