पूर्वस्वास्थ्यमन्त्री अधिकारीकाे प्रस्ताव : हेल्थ इमर्जेन्सी घोषणा गरौँ

शुक्रबार, २१ कार्तिक, २०७७
डिजिटल संस्करण

पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका सांसद खगराज अधिकारीले कोभिड– १९ संक्रमण बढिरहेको अवस्थामा हेल्थ इमर्जेन्सी घोषणा गरेर काम अघि बढाउनुपर्ने बताएका छन् ।

शुक्रबार शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा उनले कोभिडका बिरामीको निःशुल्क उपचार हुनुपर्ने पनि बताए ।

समिति बैठकमा अधिकारीले भने, ‘लाइफ सेभिङका हिसाबले निजी अस्पताललाई कोभिड अस्पतालको रूरुपमा लिने र निःशुल्क उपचार गराउनुपऱ्याे । यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुपर्छ । हाम्रा महत्वपूर्ण दिनहरू मरणको गणना गरेर बित्ने अवस्था आयो । हेल्थ इमर्जेन्सी घोषणा गरौँ । वन डोरबाट उपचार व्यवस्थापन गरौँ । यो मैले पहिलादेखि नै भनेको छु । जागरण र जागृत गर्ने कुरामा सम्पूर्ण राजनीतिक दल, कार्यकर्ता र सांसदहरू पनि लाग्नुपर्छ । सबैभन्दा कन्ट्राडिक्टरी कुरा के छ भने यहाँ देखाउँदा भेन्टिलेटर खाली छ भनिन्छ । तर, भेन्टिलेटर पाएनौँ भनेर कुरा आइरहेको छ । पोखरामा पनि भेन्टिलेटर छैन भनेका छन् । यस्तो देखिन्छ ।’

संक्रामक रोगसम्बन्धी नयाँ एन ल्याउनुपर्ने पनि अधिकारीको भनाइ थियो ।

उनले भने, ‘२०२० को ऐनले काम गर्न सक्दैन । अध्यादेश नै ल्याउनुपर्ने हो कि ! कानुनले काम गर्न हात बाँधेको छ भने फुकाउनुपर्ने हुन्छ ।’

सुझावित समाचार