एनएमबि बैंकले विभिन्न खाताहरूमा दुर्घटना र गम्भीर रोगहरूविरुद्घ प्रदान गरिने बिमा दाबी भुक्तानी दुर्घटना हुनासाथ र रोग पत्ता लाग्नासाथ प्रदान गरेको छ । यस क्रममा बैंकले तलब खाताअन्तर्गत हालसम्म ७ लाख ४१ हजार रुपैयाँ र सहारा बचत खाताअन्तर्गत ४५ लाख २२ हजार रुपैयाँ बिमा दाबी भुक्तानी गरिसकेको छ ।
बैंकले तलब खाताहरूको योजनामा शून्य मौज्दातमै नेपालभरि पैसा झिक्दा अतिरिक्त शुल्क नलाग्ने डिलाइट एटिएमका साथै १० लाख रुपैयाँसम्मको दुर्घटना बिमा प्रदान गर्दै आइरहेको जनाएको छ ।
त्यस्तै, सहारा खाता योजनामा नेपालभरि पैसा झिक्दा अतिरिक्त शुल्क नलाग्ने डिलाइट एटिएम, १० लाख रुपैयाँसम्मको दुर्घटना बिमाका साथै १८ घातक रोगहरूमा स्वास्थ्य उपचार बिमा सुविधा प्रदान गर्दै आइरहेको जनाइएको छ । बैंकको इन्स्योरेन्स पार्टनरहरूमा एनएलजी इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, नेको इन्स्योरेन्स, रिलाइन्स लाइफ इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स र राष्ट्रिय बिमा कम्पनी रहेको बैंकले जनाएको छ ।