शिक्षामन्त्रीको निर्देशन– इन्टरनेटमा समस्या भए बोर्डमै लेखेर कक्षा १२ को परीक्षा लिनू

बुधबार, १९ कार्तिक, २०७७
डिजिटल संस्करण

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कक्षा १२ को परीक्षा भिडभाड नहुने गरी सञ्चालन गर्ने व्यवस्था मिलाउन निर्देशन दिएका छन् । मन्त्रालयका सचिव गोपीनाथ मैनाली, राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेल, सदस्यसचिव दुर्गा पौडेल र मन्त्रालयका सहसचिव दीपक शर्मालगायतको बुधबार भएको बैठकमा मन्त्री पोखरेलले यस्तो निर्देशन दिएका हुन् । 

पोखरेलले इन्टरनेटमा समस्या भएमा विद्यालयले मोबाइल डाटामार्फत प्रश्न हेर्ने र बोर्डमा लेखेर परीक्षा लिने व्यवस्था मिलाउन निर्देशन दिएका छन् । 

आगामी ९ मंसिरबाट सुरु हुने कक्षा १२ को परीक्षाका लागि चार हजार एक सय पाँचवटा केन्द्र निर्धारण गरिएको छ । कोरोना महामारीका कारण विद्यार्थीले आफूलाई पायक पर्ने स्थानबाट परीक्षा दिन पाउनेछन् । 

स्थानीय तहलाई संघीय मामिला मन्त्रालयमार्फत र जिल्ला विकास तथा समन्वय इकाइलाई परीक्षालाई थप व्यवस्थित बनाउन निर्देशन दिने निर्णय पनि भएको शिक्षामन्त्री पोखरेलको सचिवालयका सदस्य विनोद न्यौपानेले जानकारी दिए ।

कक्षा १२ मा चार लाख ३३ हजार ६ सय परीक्षार्थी छन् ।

सुझावित समाचार