भेन्टिलेटरमा उपचाररत कांग्रेस सांसद विश्वकर्माको कोरोना रिपोर्ट नेगेटिभ

मंगलबार, १८ कार्तिक, २०७७
डिजिटल संस्करण

कांग्रेस केन्द्रीय सदस्य तथा सांसद मीन विश्वकर्माको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । १ कात्तिकमा कोरोना पजिटिभ भएपछि होम आइसोलेसनमा बसेका सांसद विश्वकर्माको स्वास्थ्य बिग्रिएपछि एक सातादेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । 

ग्रान्डी अस्पतालमा उपचाररत नेता विश्वकर्माको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको र स्वास्थ्यमा समेत क्रमशः सुधार भइरहेको नेपाल दलित संघका सचिव दीपक सोनीले जानकारी दिए । विश्वकर्माले हातको इसारामा डाक्टरसँग कुराकानी गर्न थालेका छन् । 

सुझावित समाचार