बढुवा भएको तीन महिनापछि नेपाली सेनाका रथी ईश्वर हमालले दर्ज्यानी चिह्न लगाएका छन् । सिरियास्थित संयुक्त राष्ट्रसंघीय डिसइन्गेजमेन्ट अब्जरभर फोर्स (अनडोफ)का फोर्स कमान्डर रहेका हमालले कार्यक्षेत्रमै रहेका कारण दर्ज्यानी चिह्न लगाएका थिएनन् ।
हाल बिदामा स्वदेश आएका उनलाई प्रधानसेनापति पूर्णचन्द्र थापाले सोमबार जंगी अड्डामा आयोजित कार्यक्रममा दर्ज्यानी चिह्न लगाएका हुन् । हमाललाई ६ असारमा मन्त्रिपरिषद्ले उपरथीबाट रथीमा बढुवा गरेको थियो । फोर्स कमान्डर रथी हमाल अर्को साता सिरिया फर्किँदै छन् ।