सशस्त्र प्रहरीद्वारा लागुऔषध बरामद

आइतबार, १६ कार्तिक, २०७७
डिजिटल संस्करण

सशस्त्र प्रहरी बल नेपाल बोर्डर सीमा आउट पोस्टले प्रतिबन्धित लागुऔषध बरामद गरेको छ । आइतबार दिउँसो वीरगन्ज महानगरपालिका– १६ इनर्वानजिक दशगजा क्षेत्रको सीमास्तम्भनजिक फालिएको लागुऔषध बरामद गरेको हो । 

जसमा डाइजपाम एक सय ७८ थान, फेनारगन एक सय ७८ थान, नुफिन एक सय ७८ थान, नाइट्राभेटका १९ पत्ता र उइन साइरेक्स ३८ वटा बरामद गरेको सशस्त्र प्रहरी निरीक्षक सुवर्ण बमले जानकारी दिए । 

भारतबाट प्रतिबन्धित लागुऔषध लिएर आउँदै गरेका युवकले सशस्त्र प्रहरीलाई देखेपछि लागुऔषध छाडेर भागेको उनले बताए । उनका अनुसार सीमानाकामा सामान्य आवातजावत खुला भएसँगै लागुऔषध तस्कर सक्रिय भएपछि नाकामा कडाइ गरिएको छ । 
 

See More On

सुझावित समाचार