भूकम्पको झट्काले हल्लियो टर्की, ६ जनाको ज्यान गयो, इन्जमिर सहरका ६ भवन भत्किए

शनिबार, १४ कार्तिक, २०७७
डिजिटल संस्करण

शक्तिशाली भूकम्पमा परी टर्कीमा ६ जनाको ज्यान गएको छ । अरू दर्जनौँ नागरिक घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् । भूकम्पपछि मानिसहरूको भागदौड मच्चिएको थियो । सबैभन्दा बढी प्रभावित भएको टर्कीको इन्जमिर सहरका कैयौँ भवन भत्किएका छन् ।

इन्जमिर सहर टर्कीको तेस्रो ठूलो सहर हो । युएस जियोलजिकल सर्भेका अनुसार रेक्टर स्केलमा भूकम्पको तीव्रता ७ थियो । भूकम्पले टर्कीबाहेक एथेन्स र ग्रिसमा पनि असर पारेको छ । पर्खाल भत्कँदा ग्रिसमा दुईजनाको ज्यान गएको छ ।

रोयटर्सले टर्कीका गृहमन्त्रीलाई उद्धृत गर्दै समुद्री किनारामा रहेको इन्जमिर सहरमा ६ भवन भत्किएको बताएको छ । टर्कीको आपतकालीन प्रबन्ध विभागले उद्धार र राहतको काम भइरहेको जनाएको छ । भूकम्पका केन्द्र एजियर सागर रहेको बताइएको छ । भूकम्पका कारण सुनामी आउन सक्ने भन्दै समुद्री किनारबाट टाढा बस्न आग्रह गरिएको छ । टर्की धेरै भूकम्प आउने देशमा पर्छ ।

सुझावित समाचार