सडक दुर्घटनामा दुईजनाको मृत्यु

सोमबार, १० कार्तिक, २०७७
डिजिटल संस्करण

सप्तरीको कञ्चनपुर नगरपालिका– ८ बेरियरमा सोमबार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स.१प ९१३९ नम्बरको मोटरसाइकलले मोरङ जिल्ला उर्लाबारी घर भएका ५५ वर्षीय केदार श्रेष्ठलाई ठक्कर दिएको थियो । ठक्करबाट श्रेष्ठसँगै मोटरसाइकल चालक कञ्चननपुर नगरपालिका– ४ का २५ वर्षीय मुकेश सिंह पनि घाइते भएका थिए ।

उनीहरु दुवैको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी नरेशकुमार सिंहले बताए । दुर्घटना बिहान साढे ११ बजे भएको थियो । 

त्यसैगरी आइतबार राति दुर्घटनामा परेर घाइते भएकी एक महिलाको पनि सोमबार मृत्यु भएको सिंहले जानकारी दिए । दुर्घटनामा मृत्यु भएका तीनजनाको शव पोस्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल पठाइएको डिएसपी सिंहले बताए । 
 

सुझावित समाचार