आगलागीबाट पाँच घर जले

सोमबार, १० कार्तिक, २०७७
डिजिटल संस्करण

जाजरकोटको नलगाड नगरपालिका– ८ चौरिल्लामा आगलागी हुँदा पाँच घर जलेर नष्ट भएका छन् ।

स्थानीय नेत्रबहादुर चदाराको घरबाट सुरु भएको आगोले छिमेकी दत्ते चँदारा, सर्के चँदारा, दलजीत चँदारा  र पर्से परियारको घरमा फैलिएको थियो । 

आगलागीबाट उनीहरूका घर पूर्ण रूपमा जलेका छन् । घरमा रहेका अन्न, लत्ताकपडा र भाँडाकुँडा सबै जलेको स्थानीय निरज केसीले जानकारी दिए । 

आगलागी कसरी भयो भन्ने कुरा नखुलेको उनले बताए ।

सुझावित समाचार