आज विजयादशमी, टीका लगाउने शुभसाइत बिहान १०:१९ मा

सोमबार, १० कार्तिक, २०७७
डिजिटल संस्करण

नेपालीहरूको महान् चाड बडादसैँअन्तर्गत आज विजयादशमी टीकाको दिन रहेको छ । असत्यमाथि सत्यको विजयका रूपमा याे चाड मनाउने गरिन्छ । 

आफूभन्दा ठूला मान्यजनबाट टीका ग्रहण गरी आशीर्वाद प्राप्त गर्ने प्रचलन टीकाका दिन रहेको छ । 

आज टीकाको शुभसाइत बिहान १०:१९ मा रहेको नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिए । 

टीका लगाउनुअघि देवी विसर्जनको साइत बिहान १०:११ मा रहेको जानकारी पनि गौतमले दिए । 

दसैँ मनाउन विदेशमा रहेका नेपालीहरू पनि आ–आफ्नो घर फर्कन प्रचलन रहिआएको छ । 

तर, यसपटक कोरोना महामारीका कारण औसत समयको जस्तो टीका लगाउनका लागि चलहपहल गर्ने समय भने छैन ।

सरकारले पनि यसपटकको दसैँमा कमभन्दा कम गतिविधि गरेर दसैँ मनाउन आग्रह गरेको छ । 

सुझावित समाचार