जडीबुटी संकलनका लागि गएका युवक मृत फेला

शनिबार, ८ कार्तिक, २०७७
डिजिटल संस्करण

जडीबुटी संकलन गएका एक युवा मृत फेला परेका छन् । 

खार्पुनाथ गाउँपालिका– १ का ३० वर्षका धनबहादुर बुढा मृत फेला परेका हुन् । २० असोजमा जडीबुटी संकलन गर्न सिमकोट गाउँपालिका– १ चुवाखोला पुगेका उनी मृत फेला परेका हुन् । 

जिल्ला प्रहरी कार्यालयबाट खटिएको सातजनाको सुरक्षाकर्मी र स्थानीयवासीसहितको टोलीले उनको शव निकाल्न नसकेको जनाइएको छ । 

उनको शव दोजाम भन्ने स्थानमा कर्णालीको बीचभागमा अड्केको अवस्थामा रहेको जनाइएको छ । बेपत्ता भएका बुढाको शव काठेपुलभन्दा करिब १० मिटर तल फेला परेको हो । 

उनी बेपत्ता भएपछि उनका आफन्तले प्रहरीलाई खबर गरेपछि प्रहरी निरीक्षक सीताराम विष्टको नेतृत्वमा प्रहरी घटनास्थल पुगेको हो ।

सुझावित समाचार