माटो खन्दा ढिस्कोले पुरिएर दुई महिलाको मृत्यु, घाइते दुईको हेलिकोप्टरबाट उद्धार

शनिबार, ८ कार्तिक, २०७७
डिजिटल संस्करण

छेडागाड नगरपालिका– ३ दशेरामा माटो खन्दा आएको माटोकाे ढिस्कोले पुरिँदा दुईजनाको मृत्यु भएको छ ।

शनिबार दिउँसाे माटाे लिन गएका महिलाहरूलाई माटाे खन्ने क्रममा माटाेकाे ढिस्काे खस्दा पुरेकाे थियाे ।  

मृत्यु हुनेमा छेडागाड नगरपालिका– ३ की ३० वर्षीया शीतला जैसी र १६ वर्षीया आरती दाहाल रहेका छन् । 

अन्य दुई घाइतेलाई हेलिकोप्टरबाट उद्धार गरी प्रदेश अस्पतालमा थप उपचारमा लागि लगिएको छ । 

सुझावित समाचार