प्रहरीलाई गोली हानेर भाग्न खोज्ने भारतीय नागरिक सीमाक्षेत्रबाट पक्राउ

बुधबार, ५ कार्तिक, २०७७
डिजिटल संस्करण

अवैध हतियारसहित नेपाल प्रवेश गरेका एक भारतीय नागरिकलाई बारा प्रहरीले गोली हानी नियन्त्रणमा लिएको छ । बाराको सिम्रौनगढ नगरपालिका– ९ स्थित सीमा क्षेत्रबाट मोतिहारी जिल्ला पूर्वीचम्पारण दुधिअवा बस्ने २८ वर्षीय वृजकिशोर कुसवाहालाई नियन्त्रणमा लिएको बंकुलस्थित प्रहरी चौकी कचोर्वाले जनाएको छ । 

प्रहरी हवल्दार छोटेलालप्रसाद यादवको कमान्डमा खटिएको टोलीले भारतबाट नेपाल आउन लागेका कुसवाहामाथि शंका लागेर रोक्न खोज्दा प्रहरीमाथि नै गोली चलाएर भाग्न खोजेपछि  फायरिङ गरी नियन्त्रणमा लिनुपरेको प्रहरीले जनाएको छ । 

प्रहरीको गोलीबाट कुसवाहाको बायाँ पाखुरामा चोट लागेको छ । कुसवाहाले भाग्ने क्रममा चलाएको गोली प्रहरीलाई भने नलागेको प्रहरी चौकी कचोर्वा बाराका प्रहरी हवल्दार नरसिंह नारायण यादवले बताए । 

यादवका अनुसार प्रहरीले उनको साथबाट एक थान  पेस्तोलसहित सोमा लाग्ने पाँच राउन्ड गोली बरामद गरेको छ ।

सुझावित समाचार