जनता समाजवादी पार्टीकाे संघीय परिषद् अध्यक्षमा डा. बाबुराम भट्टराई

मंगलबार, ४ कार्तिक, २०७७
डिजिटल संस्करण

जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी बैठकले डा. बाबुराम भट्टराईलाई संघीय परिषद्को अध्यक्षमा प्रस्ताव गरेको छ । 

सोमबारदेखि सुरु भएको बैठकले मंगलबार भट्टराईलाई परिषद्को अध्यक्षमा चयन गर्न लागेको हो ।

जसपाका कार्यकारिणी सदस्य मनीष सुमनले डा. बाबुराम भट्टराईलाई संघीय परिषद्को अध्यक्ष बनाउने प्रस्ताव भर्खरै पेस भएको र सर्वसम्मत पारित हुने बताए ।

‘डा. भट्टराईलाई संघीय परिषद् अध्यक्षमा प्रस्ताव भएको छ,’ बैठकमा सहभागी सुमनले भने, ‘यो प्रस्ताव पारित हुने निश्चित छ ।’ उनले संघीय परिषद्को सदस्यहरू केन्द्रीय समितिले तोक्ने तय भएकाे बताए । 

परिषद्को बैठक वर्षको एकपटक अनिवार्य बस्ने र पार्टी केन्द्रीय समितिको निर्णयलाई परिषद्ले अनुमोदन गर्ने प्रावधान भएको सुमनले जानकारी दिए । 

सुझावित समाचार