सत्तारुढ दल नेकपाका सांसदले दसैँ भत्ता नलिने

सोमबार, ३ कार्तिक, २०७७
डिजिटल संस्करण

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरूले दसैँ भत्ता नलिने भएका छन् । 

कोरोना महामारीका कारण देशको अर्थतन्त्र जर्जर बनेको र सर्वसाधारण नेपाली दुई छाक खान नपाउने अवस्थामा पुगेको सन्दर्भमा सांसदहरूले दसैँ भत्ता लिने विषयबारे चौतर्फी विरोध भएपछि नेकपाले यस्तो निर्णय गरेको हो । 

राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टराईले संसदीय दलका नेता केपी शर्मा ओलीको तर्फबाट केहीबेरमा वक्तव्य जारी गर्ने जानकारी दिए । 

उनले एकमुष्ट रूपमा सबै सांसदको दसैँ भत्ता नलिने निर्णय हुन लागेको जानकारी दिए ।

सुझावित समाचार