विश्व दृष्टि दिवसको अवसरमा लायन्स क्लब अफ काठमाडौं समर्पण र किर्तिपुर आँखा अस्पतालको सहकार्यमा निशुल्क मोतीबिन्दुको शल्यक्रिया गरिएको छ
किर्तिपुर आँखा अस्पतालमा मोतीबिन्दुको शल्यक्रिया गर्नुपर्न पहिचान भएका १५ जनाको शल्यक्रिया गरिएको हो ।
लायन्स क्लव अफ काठमाडौं समर्पण र किर्तिपुर आँखा अस्पताललले उनीहरुको निःशुल्क उपचार गरेको हो ।
विश्व दृष्टि दिवस अक्टोबर ८ को दिन मा किर्तिपुर आँखा अस्पतालले चन्द्रगिरी स्थित चन्द्रागिरी आँखा उपचार केन्द्र द्वारा सन्चालित मोतीबिन्दुका बिरामीको पहिचान गर्ने कार्यक्रम आयोजना गरेको थियो।
बिरामीले निशुल्क शल्यक्रियसँगै प्रयोगशाला, प्री–अपरेटिव जाँच, आवश्यक औषधीहरु र अस्पातलमा फलो अप गर्दा पनि शुल्क नलाग्ने सुविधा प्रदान गरिएको क्लवले जनाएको छ ।
लायन्स क्लब अफ काठमाडौं समर्पणका अध्यक्ष लायन दीपक बंसलका अनुसार विश्व दृष्टि दिवस को उपलक्ष्यमा यस सहकार्यले आयोजना गरेको यो दोस्रो कार्यक्रम हो। यसअघि किर्तिपुर नगरपालिकामा पहिचान भएका १७ जना बिरामी को मोतीबिन्दुको निःशुल्क शल्यकृया भैसकेको छ।
किर्तिपुर आँखा अस्पताल र लायन्स क्लब अफ काठमाडौं समर्पणको सहकार्यले शल्यक्रिया भएर दृष्टि फर्किएका बिरामीहरुमा यस बर्ष को नारा ‘दृष्टि प्रतिको आश’ चरितार्थ भएको किर्तिपुर आँखा अस्पतालकी डाक्टर बिनीता शर्माले जानकारी दिइन् ।