डाट्सनले नयाँ गाडी रेडी–गो नेपाली बजारमा ल्याएको छ । कम्पनीले स्पोर्टी तथा प्रोग्रेसिभ मोडेलमा विभिन्न प्रिमियम एवं फिचरहरूसाथ नयाँ गाडी ल्याएको हो ।
ह्याचब्याकको स्लिक तथा बोल्ड लुक्सका साथ पूूर्ण क्रोम सराउन्डका साथ गाडी बजारमा ल्याएको कम्पनीको दाबी छ । यसमा एल सेप डिआरएल, स्लिक हेडल्याम्प, सिल्भर डेकोरेसन, एलइडी फग ल्याम्प, १४ इन्चका चक्काजस्ता सुविधा समावेश रहेको जनाइएको छ । त्यस्तै, पेन्टाब्लेड ड्अल टोन ह्विल कभर, एलइडी सिग्नेचर टेल ल्याम्प तथा ड्अर ट्रिमको सुविधा रहेको कम्पनीले जनाएको छ ।
विशेषता
यसमा १ सय ८७ एमएमको सेगमेन्ट लिडिङ ग्राउन्ड क्लियरेन्स तथा क्लास लिडिङ रियर रुम कम्फोर्ट रहेको जनाइएको छ । ८ इन्चको टचस्क्रिन, एडभान्स एन्ड्रोइड तथा एप्पल कार प्लेमार्फत सहजै सञ्चालन गर्न सकिने भ्वाइस रिकग्निसनयुक्त इन्फोटेनमेन्ट सिस्टम रहेको कम्पनीले जनाएको छ । दुर्घटनाबाट बच्नका लागि त्यसै किसिमको बढी स्ट्रक्चर, साइट इम्पेक्ट पेडेस्ट्रियन प्रोटेक्सन कम्प्लान्ट, रेक्ट्य्राक्टिभ फङ्सनका साथ रियर सिट बेल्ट, डुअल एयर ब्याग तथा प्रोजेक्सन गाइडका साथ रियर भ्यू क्यामेरा रहेको जनाइएको छ ।
नयाँ रेडी–गो स्यान्डस्टोन ब्राउन (नयाँ) भिभिड ब्लू (नयाँ), ब्लेड सिल्भर, ब्रोन्ज ग्रे, ओपल ह्वाइट तथा फायर रेडमा यो गाडी उपलब्ध रहेको जनाइएको छ । १ वर्षको वा २० हजार किलोमिटरको स्ट्यान्डर्ड वारेन्टी उपलब्ध गरेको यो गाडीको मूल्य २३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । प्रवद्र्धनात्मक अवधिमा खरिद गर्नेलाई भने ३ वर्ष वा ३० हजार किलोमिटरसम्म वारेन्टी प्रदान गरिने कमपनीले जनाएको छ ।