स्वास्थ्य प्रोटोकल पालना गर्न व्यवसायीको आग्रह

सोमबार, २६ असोज, २०७७
डिजिटल संस्करण

सरकारी उच्चपदस्थ व्यक्तिहरू उद्घाटन, सेमिनार तथा राजनीतिक कार्यक्रमको भिडमा सहभागी भएर  स्वास्थ्य प्रोटोकलको उल्लंघन गरिरहेको विराटनगरका उद्योगी व्यवसायीहरूले बताएका छन् ।

आइतबार उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र विराट व्यापार संघले संयुक्त विज्ञप्ति जारी गर्दै समाजमा कोरोना संक्रमण रोकथामका लागि कडाइका साथ स्वास्थ्य प्रोटोकल पालना गराउन तीनै तहका सरकारसँग आग्रह गरेका हुन् ।

उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले संक्रमणको दर बढ्दै गइरहेको समयमा तीनै तहका नेतृत्वकर्ताहरूले स्वास्थ्य प्रोटोकल उल्लंघन गरेको बताए । मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले सरकारले निर्देशन गरेको प्रोटोकल पालना गराउन सबै तहका सरकार गम्भीर नभएमा अवस्था भयावह हुने भन्दै सजग गराएका छन् ।  

सुझावित समाचार