लमजुङमा करदाता सेवा कार्यालय स्थापना

शुक्रबार, २३ असोज, २०७७
डिजिटल संस्करण

लमजुङ सदरमुकाम बेसीसहरमा करदाता सेवा कार्यालय सञ्चालनमा आएको छ । 

लमजुङ र मनाङ जिल्लाका करदाताहरूलाई करसम्बन्धी सेवा दिने उद्देश्यले लमजुङको सदरमुकाम बेसीसहरमा करदाता सेवा कार्यालय सञ्चालनमा आएको हो । 

करदाता सेवा कार्यालय बेसीसहरका कर अधिकृत सुशील लम्सालले हालसम्म करको दायरामा आएका लमजुङका आठ८ हजार  दुई   सय ९० करदाता र मनाङ जिल्लाका पाँच सय ९७ करदाता गरी करिब  आठ हजार नाै सय करदाता सेवाग्राहीलाई सेवा दिने गरी कार्यालय सञ्चालनमा आएको बताए । 

कर अधिकृत लम्सालका अनुसार यो कार्यालयले करदाताको संख्या बढाउन थप कार्यहरू गर्नेछ । कर कार्यालयबाट व्यक्तिगत वा संस्थागत रूपमा दर्ता हुने, आफ्नो संस्थाको उद्देश्य परिवर्तन गर्ने, राजस्व बुझाउने लगायतका सेवा पाउने पनि उनले बताए । 

लमजुङमा कर कार्यालय स्थापना भएपछि यस क्षेत्रका मानिसलाई करसम्बन्धी सेवा लिन तनहुँको दमौलीसम्म जानुपर्ने स्थितिको अन्त्य भएको पनि लम्सालले बताए । 

लमजुङ र मनाङ जिल्लाका करदाता यसअघि तनहुँको दमौलीमा रहेको आन्तरिक राजस्व कार्यालयबाट करसम्बन्धी सेवा लिँदै आएका थिए । 

करदाता सेवा कार्यालयले लमजुङमा सेवा सुचारु गरेपछि करको दायरामा आउनेको संख्या अझै बढ्ने लम्सालको भनाइ छ । 

सुझावित समाचार