कुमारी बैंकका ग्राहकलाई होटेल ल्यान्डमार्कमा छुट

मंगलबार, २० असोज, २०७७
डिजिटल संस्करण

कुमारी बैंक लिमिटेड र होटेल ल्यान्डमार्कबीच होटेलका विभिन्न सेवासुविधाहरूमा छुट प्रावधानसम्बन्धी सम्झौता भएको छ । होटेलले बैंकका ग्राहकलाई ५ देखि ३० प्रतिशतसम्म छुट दिने सम्झौता भएको हो ।

सम्झौताअनुसार कुमारी बैंकका डेबिट–क्रेडिट कार्डबाहक ग्राहकले होटेल ल्यान्डमार्कअन्तर्गतका दरबारमार्ग, चितवन, पोखरास्थित विभिन्न होटेल र रिसोर्टका साधारण रुम शुल्कमा ३० प्रतिशत, विशेष प्याकेजहरूमा ५ प्रतिशत, खानपानमा १५ प्रतिशतसम्मको छुट पाउने जनाइएको छ । 

यसका साथै होटेल–रिसोर्टहरूका अतिरिक्त मनोरञ्जनात्मक क्रियाकलापमा पनि विविध सहुलियत प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । यस सहकार्यले कुमारी बैंकका ग्राहकको यस समूहअन्तर्गतका होटेल, रिसोर्ट तथा रेस्टुरेन्टतर्फ आकर्षण बढ्ने तथा सोही होटेल बसाइ, खानपान आदिमा बैंकका ग्राहक वर्गलाई सहजता पुग्ने बैंकले विश्वास लिएको जनाइएको छ ।

सुझावित समाचार