सिद्धार्थ बैंकद्वारा सहयोग

मंगलबार, २० असोज, २०७७
डिजिटल संस्करण

सिद्घार्थ बैंक लिमिटेडले ग्रामीण स्वास्थ्य र शिक्षासेवा गुठीलाई २ लाख ७९ हजार रुपैयाँ सहयोग गरेको छ । बैंकका हेड अफ सर्कल अफिसका अजय भण्डारीले गुठीकी अध्यक्ष कमला अधिकारीलाई रकम हस्तान्तरण गरेका हुन् । 

उक्त रकम ग्रामीण स्वास्थ्य र शिक्षासेवा गुठीले २० महिला विद्यार्थीहरूको शिक्षाका निम्ति प्रयोग गर्ने जनाइएको छ ।

देशका विभिन्न जिल्लामा महिला बेचबिखन निवारण, महिला हिंसा अन्त्य, महिलाहरूको स्वास्थ्य सुधार र महिला शिक्षाका लागि कार्यरत हुँदै आइरहेको ग्रामीण स्वास्थ्य र शिक्षासेवा गुठीलाई बैंकले पुर्याएको सहयोगबाट महिला विद्यार्थीको शिक्षामा केही हदसम्म भए पनि उत्थान पुग्ने विश्वास लिएको बैंकले जनाएको छ ।

सुझावित समाचार