कांग्रेस सांसद गगन थापाले डा. गोविन्द केसीले राखेका माग पूरा गर्न सकिने र गर्नैपर्ने किसिमका रहेका बताएका छन् ।
उनले सरकारलाई ती माग पूरा गर्न सुझाब दिँदै कांग्रेसको पूर्ण साथ र समर्थन रहेकोसमेत बताएका छन् ।
कोरोना संक्रमणपछि होम आइसोलेसनमा बसेका पूर्वस्वास्थ्यमन्त्री थापाले फेसबुकमार्फत सोधेका छन्, ‘प्रधानमन्त्रीज्यू, डा. गोविन्द केसीले राख्नुभएको कुनचाहिँ माग पूरा नहुने–गर्न नसकिने छन् ? कुन माग जनहितविपरीत छन् ?’
नेता थापाले यदि डा. केसीको जीवन तलमाथि भए त्यसको शतप्रतिशत दोषी प्रधानमन्त्री हुने बताएका छन् ।
‘तपाईं आफैँले हिजो गरेको वाचा पूरा नगर्दा नै यी विषय आज माग बनेका होइनन् र ? डा. केसीसँग संवाद नै गर्दिनँ भन्ने तपाईंको हठले के तपाईंको मान बढाउँछ ?’ सांसद थापाले प्रश्न गरेका छन् ।