एनसेलको चाडपर्वलक्षित ‘कुरै कुरामा उपहार’ योजना

सोमबार, १८ असोज, २०७७
डिजिटल संस्करण

चाडपर्वको आगमनसँगै एनसेलले ग्राहकका लागि बोनस टक टाइमको योजना ल्याएको छ । कम्पनीले फोनमा जति धेरै कुरा ग¥यो, त्यति धेरै सुविधा दिने अफर ल्याएको हो ।  

योजनाअन्तर्गत एनसेलका सबै प्रिपेड ग्राहकले अन नेट, अफ नेट वा अन्तर्राष्ट्रिय कल गरी तोकिएको निश्चित मिनेटको भ्वाइस सेवा प्रयोग गरी आकर्षक उपहारहरू जित्ने मौका पाउने जनाएको छ । दैनिक, साप्ताहिक र बम्पर उपहार यो योजनाको मुख्य विशषेता रहेको जनाइएको छ । प्रिपेड ग्राहकले भ्वाइस सेवाको प्रयोग गरी जति धेरै कुराकानी गर्छन्, त्यति नै धेरै उपहार जित्ने मौका पाउने कम्पनीले जनाएको छ । यो योजना १३ मंसिरसम्म लागू हुने जनाइएको छ ।  

योजनामा सहभागी हुनेबित्तिकै ग्राहकले हरेक दिन भ्वाइस कल गर्नका लागि निश्चित मिनेटको लक्ष्य पाउनेछन् । तोकिएको निश्चित मिनेटको भ्वाइस कल गर्नेबित्तिकै ग्राहकले त्यही दिनको मध्यरातसम्मको समयसीमा रहेको बोनस अन नेट टक टाइम तुरुन्तै पाउने कम्पनीले जनाएको छ । उनीहरू नै यस योजनाअन्तर्गतको उपहार जित्न योग्य हुने जनाइएको छ ।  

योजनामा तोकिएको निश्चित मिनेटको भ्वाइस कल गर्ने ग्राहकलाई दैनिक अन नेट बोनस टक टाइम, हरेक दिन ७ सय ग्राहकलाई २ सय रुपैयाँको बोनस ब्यालेन्स, ७ जना ग्राहकलाई सामसङ ग्यालेक्सी एम०१एस र बम्पर उपहारमा २ जना ग्राहकलाई सामसङ ग्यालेक्सी नोट २० प्रदान गरिने कम्पनीले जनाएको छ । 

त्यस्तै, दैनिक धेरै मिनेट कुरा गर्ने ग्राहकमध्ये प्रत्येक प्रदेशबाट हरेक दिन १ सयजना भाग्यशाली ग्राहकहरूलाई उपहार दिइने जनाइएको छ । दैनिक उपहारअन्तर्गत ग्राहकले २ सय रुपैयाँ बोनस ब्यालेन्स प्राप्त गर्नेछन् । यसरी प्राप्त हुने बोनस ब्यालेन्स १५ दिनका लागि मान्य रहने र उक्त बोनस ग्राहकले एनसेल नेटवर्कभित्र कल, एसएमएस गर्न तथा डेटा चलाउन प्रयोग सक्ने जनाइएको छ ।  

साप्ताहिक उपहारमा साताभरि धेरै कुरा गर्ने ग्राहकमध्ये सातै प्रदेशका १–१ जना गरी ७ जना भाग्यशाली ग्राहक छनोट गरिनेछ । प्रत्येक भाग्यशाली ग्राहकले सामसङ ग्यालेक्सी एम०१एस ह्यान्डसेट उपहार प्राप्त गर्ने कम्पनीले जनाएको छ । योजना अवधिभर सबैभन्दा बढी मिनेट कुरा गर्ने दुई भाग्यशाली ग्राहकले बम्पर उपहारस्वरूप सामसङ ग्यालेक्सी नोट २० प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

See More On

सुझावित समाचार