दराजको दसैँ धमाका अभियान : घरमै बसेर भारी छुटमा किनमेल गर्न सकिने

आइतबार, १८ असोज, २०७७
डिजिटल संस्करण

अनलाइन सपिङ साइट दराजले वर्षकै ठूलो दसैँ सेल–दराज दसैँ धमाका अभियान सञ्चालन गर्ने भएको छ । अभियान सोमबारबाट सुरु हुनेछ । दिनहुँ कोरोना संक्रमितको संख्या बढ्दै गएको वेला अभियानमार्फत उपभोक्ताले घरमै सुरक्षित रहेर किनमेल गर्न सक्ने दराजले जनाएको छ । 

अभियानअन्तर्गत उपभोक्ताले राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डहरूमा मेगा डिल्स, दराज मलमा पाइने ब्रान्डेड उत्पादनहरूमा भारी छुट, आकर्षक भाउचरहरू, बम्पर उपहारमा टिभिएस अपाचे आरटिआर १६० ४ भी एस डी, कार्ड प्रिपेमेन्टमा छुट, फ्ल्यास सेल्स, निः शुल्क वितरण, हट पिकहरू, रोमाञ्चक मोबाइल  गेमहरू, दराज वन रुपी गेम, बिल अफ फोर्च्युन र अन्य धेरै आकर्षणहरूको लाभ उठाउन सक्नेछन् । अभियानको विशेष पार्टनरको रूपमा टिभिएस र कोकाकोला  रहेका छन् । 

कार्डमार्फत भुक्तानीमा अतिरिक्त छुट 
दराजले बैंकहरूसँग साझेदारी गरी डेबिट र क्रेडिट कार्डमार्फत पूर्वभुक्तानीमा २० प्रतिशत (अधिकतम २५०० रुपैयाँ) सम्मको छुटको पनि व्यवस्था गरेको छ । नबिल बैंक, एनआइसी एसिया, स्ट्यान्डर्ड चार्टर्ड, सानिमा बैंक, ग्लोबल आइएमई, मेगा बैंक, एनएमबी बैंक, नेपाल बंगलादेश बैंक र कुमारी बैंकका ग्राहकले छुट पाउनेछन् । 

अनलाइन लुँडो प्रतियोगिता
उपभोक्ताहरूको सपिङ अनुभवलाई अझै रमाइलो बनाउन अनलाइन लुँडो प्रतियोगिताको पनि घोषणा गरेको छ । यस प्रतियोगिता दराज एपमार्फत श्रीलंका र नेपालका प्रतिद्वन्द्वीहरूबीच प्रतिस्पर्धा हुनेछ । पहिलो स्थान प्राप्त गर्ने खेलाडीले सय अमेरिकी डलरको दराज भाउचर जित्नेछ, दोस्रो स्थानले ७५ अमेरिकी डलरको दराज भाउचर जित्नेछ भने तेस्रोदेखि पन्ध्रौँ स्थानमा पर्ने प्रत्येक खेलाडीले अमेरिकी २५ डलर जित्नेछन् । यसबाहेक नेपालबाट सर्वश्रेष्ठ प्रदर्शन गर्ने खेलाडीले नयाँ सोनी एक्सपेरिया एक्स ए वन डबल जित्नेछन् भने दोस्रो र तेस्रो उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले क्रमशः नयाँ टाइटन घडी र मनास्लु गिटार जित्नेछन् । प्रतियोगिता २१ देखि २२ असोजसम्म हरेक दिन दिउँसो १ देखि साँझ ७ बजेसम्म दराज एन्ड्रोइड एपमा आयोजित हुनेछ । प्रतियोगितामा भाग लिनका लागि ५ देखि २१ असोजभित्र दराज एपमार्फत अनिवार्य दर्ता गर्नुपर्नेछ ।

अभियानबारे टिप्पणी गर्दै दराज नेपालका प्रबन्ध–निर्देशक लिनो अलरिंगले भने, ‘दसैँ मनोरञ्जन र किनमेलको समय हो । हरेक पसल, बजार र अनलाइन प्लेटफर्मले दसैँका लागि उत्साहजनक प्रस्तावहरू लिएर आउँछन् । तर, दराजमा तपाईंले केवल सपिङ मात्र गर्नुहुन्न, रमाइलो खेलहरू, रोमाञ्चक क्विजहरू र अन्य प्रतियोगिताहरूमा पनि संलग्न भई पुरस्कारहरू जित्न सक्नुहुन्छ । वर्तमान स्थितिलाई ध्यान राख्दै र दसैँको किनमेलका लागि दसैँ धमाका पक्कै पनि ग्राहकको सपिङ आवश्यकताहरू पूरा गर्ने उत्तम र सुरक्षित तरिका हो ।’ 

पार्टनर ब्रान्डहरू
अभियानका लागि पार्टनर ब्रान्डहरूमा टाइटन, आमारया, म्यकेन्रो, सामसङ, इन्फिनिक्स, रंगोली, कोलगेट, लोट्टो, अर्क, भान्स, एमआई, होम ग्लोरी, सिजी, मेडिया, एलजी, जुआस, मामाअर्थ, फ्यानटेक, वर्ल्पुल,यासुडा, पाल्सनिक, न्यु ब्यालेन्स, एक्स–एज, गिटार सप, पियाजाइतालिया, कन्भर्स र सोनी रहेका छन् । उपभोक्ताहरूले यी ब्रान्डका खास उत्पादनमा  ६० प्रतिशतसम्मको छुट पाउनेछन् ।

सुझावित समाचार