‘टिभिएस दसैँको आशा’ योजनामा पहिलो हप्ताको विजेता छनोट

आइतबार, १८ असोज, २०७७
डिजिटल संस्करण

‘टिभिएस दसैँको आशा’ योजनाअन्तर्गत पहिलो हप्ताको विजेता बालाजुका अमृतजंग सिटौला विजयी भएका छन् । उनले टिभिएसको नक्साल सोरुमबाट टिभिएस अपाचे आरआर ३१० जितेका छन् । 

यस योजनामा सहभागिता जनाउन टिभिएसको मोटरसाइकल खरिद गरेकै हुनुपर्ने नभएको कम्पनीले जनाएको छ । त्यस्तै, टिभिएसको कुनै पनि मोटरसाइकल खरिदमा ९ हजार रुपैयाँ र स्कुटरको खरिदमा ७ हजार रुपैयाँ नगद छुट प्राप्त गर्न सक्ने जनाइएको छ ।

त्यस्तै, ५० प्रतिशत डाउन पेमेन्ट गरेर मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकले शून्य प्रतिशत ब्याजदरमा खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । यी दुईमध्ये कुनै एक स्किम ग्राहकले छनोट गर्न पाउने सुविधा कम्पनीले दिएको जनाइएको छ । 

See More On

सुझावित समाचार