दिनभर

शुक्रबार, १६ असोज, २०७७
डिजिटल संस्करण

अख्तियारबाटै अख्तियार दुरुपयोग : बाल संगठनको जग्गा अवैध रूपमा प्रयोग

सार्वजनिक निकायमा हुने अनियमितताको अनुसन्धान गर्ने जिम्मेवारी पाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाटै अख्तियारको दुरुपयोग भएको छ । अनाथ तथा असहाय बालबालिकाको हितमा काम गर्दै आएको नेपाल बाल संगठनको जग्गामा ग्यारेज बनाएर आयोगले प्रयोग गर्दै छ । अझै विरोधाभास के छ भने संगठनमा भएको अनियमितताको छानबिन आयोगमा चलिरहेको छ । 

दाङ र अर्घाखाँचीका तीन गाउँपालिकामा राजधानी राख्ने प्रस्ताव दर्ता, तीन दिनभित्रै टुंगो लगाउने तयारी  

५ नम्बर प्रदेश सरकारले प्रदेशको राजधानी दाङको भालुवाङ बनाउने प्रस्ताव प्रदेश सभामा दर्ता गराएको छ । केहीबेरअघि बसेको प्रदेश सरकारको बैठकले प्रस्ताव प्रदेश सभामा दर्ता गर्ने निर्णय गरेको थियो । नेकपा प्रदेश ५ का एक पदाधिकारीका अनुसार तीन दिनभित्र प्रदेश सभाबाट राजधानीको टुंगो लाग्ने गरी शुक्रबारबाटै प्रक्रिया सुरु भएको छ । नेकपाका महासचिव विष्णु पौडेलसहित केही नेताले प्रदेश राजधानी अहिलेको अस्थायी मुकाम बुटवलमै कायम गर्ने कोसिस गरे पनि त्यसमा असफल भएका छन् ।

गाेरखामा कारागार चलानका लागि पिसिआर रिपोर्ट अनिवार्य

गोरखामा कारागार चलान गर्न अनिवार्य रूपमा पिसिआर रिपोर्ट हुनुपर्ने व्यवस्था लागू गरिएको छ । कोभिड– १९ बाट सुरक्षित रहनका लागि स्वास्थ्य सुरक्षा मापदण्डलाई कडाइका साथ पालना गरिएको कारागार कार्यालय गोरखाले जनाएको छ । कारागार चलान गर्न अनिवार्य रूपमा पिसिआर रिपोर्ट नेगेटिभ हुनुपर्नेे कार्यालयका सूचना अधिकारी प्रेमबहादुर आलेले बताए । 

घाँस बेचेरै करोडपति

नवलपरासीका दुई व्यावसायिक घाँस उत्पादक किसानले उन्नत जातको घाँस बेचेरै वार्षिक ५० लाख नाफा गरेका छन् । १६ बिघा जमिनमा व्यावसायिक रूपमा घाँसखेती गरेका उनीहरूले वार्षिक ५० लाख आम्दानी गर्न सफल भएपछि हौसिएर यस वर्ष थप ४९ बिघामा घाँस लगाउने तयारी गरेका छन् । 

किसानलाई रोजी-रोजी भैँसी उपहार !

मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिका– १२ स्थित जगडाँडाका किसानले जसोजतो गोठ बनाए पनि भैँसी नहुँदा दिक्क थिए । एक वर्षअघि गोठ तयार पारेका उनीहरूसँग भैँसी किन्ने ल्याकत थिएन । एउटा भैँसीको एक लाखभन्दा बढी मूल्य पर्ने भएपछि रित्तो गोठ हेर्दै मन थामेका किसान अहिले दिनभर भैँसीको स्याहारमा व्यस्त छन् । थाहा नगरपालिका कार्यालयले किसानलाई अनुदानमा रोजेरै भैँसी दिएपछि उनीहरूको दिनचर्या फेरिएको छ । 

काेराेना मिटर : आज ३३ सय सातजना निको भए, २७ सय २२ संक्रमित थपिए

पछिल्लो २४ घन्टामा ३३ सय सातजना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो अवधिमा १४ हजार सात सय ३९ जनाको नमुना पिसिआर विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो परीक्षण अहिलेसम्मकै बढी हो ।

ट्रम्प र मेलानिया दुवैलाई कोरोना संक्रमण

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्प दुवैलाई कोरोना संक्रमण भएको छ । ट्रम्पले बिहीबार ट्विट गर्दै भनेका छन्, ‘म र प्रथम महिला दुवै कोभिड- १९ बाट संक्रमित भएका छौँ। हामी दुवै क्वारेन्टिनमा छौँ।’

यी हुन् कोरोना संक्रमित विश्वचर्चित नेता 

कोरोना भाइरसबाट संक्रमित हुने विश्वचर्चित नेताको सूची बढ्दै गएको छ । पछिल्लोपटक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि कोरोना संक्रमित भएका छन् । 

ओली–प्रचण्ड भेट : दुई अध्यक्षबीच मन्त्रिमण्डल पुनर्गठनबारे सहमति नबनेपछि शनिबार सचिवालय बैठक बोलाइयो

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्कमल दाहाल प्रचण्डबीच शुक्रबार छलफल भएको छ । आजको छलफलले भोलि शनिबार सचिवालय बैठक बोलाउने समझदारी भएको बालुवाटार स्रोतले जनाएको छ । सचिवालय बैठक शनिबार अपराह्न ४ बजेका लागि बोलाइएको छ । 

अनशनरत डा. केसीलाई पूर्वराष्ट्रपति यादवले भेटे, वार्तामार्फत समस्या समाधान गर्न सरकारलाई आग्रह

पूर्वराष्ट्रपति डा. रामवरण यादवले त्रिवि शिक्षण अस्पतालमा अनशनरत डा. गोविन्द केसीलाई भेट गरी स्वास्थ्य अवस्था बुझेका छन् । चिकित्सा शिक्षा सुधारको माग राख्दै अनशनरत डा. केसीको स्वास्थ्य अवस्था बुझ्न पूर्वराष्ट्रपति यादव शुक्रबार त्रिवि शिक्षण अस्पताल पुगेका हुन् । 

इटलीले कसरी जित्यो कोरोना महामारीविरुद्धको युद्ध ?

इटलीको राजधानी रोमको एक सडककिनारामा कालो रंगको गाडी पार्किङ भइरहेको छ । सेतो पिपिई लगाएकी एक महिलाले ललिपप देखाउँदै कालो कारभित्र रहेका ६ वर्षे बालकलाई फकाउँदै थिइन् । ती महिलाले बालकको स्वाब जसरी पनि निकाल्नुपर्ने थियो । ६ वर्षे बालकको पालोपछि अर्को गाडीभित्र बसेका बालक वा बालिकाको स्वाब संकलन गर्न जानुपर्ने थियो । बालकलाई फकाउन ती महिला ललिपप देखाउँदै थिइन् । लामो प्रयासपछि महिलाले बालकको स्वाब संकलन गर्न सफल भइन् । त्यसपछि उनी अर्को गाडीतर्फ लागिन् ।

सुझावित समाचार