भर्चुअल प्रविधिमार्फत टोयोटा कोरोला क्रसको बिक्री

शुक्रबार, १६ असोज, २०७७
डिजिटल संस्करण

नेपालका लागि टोयोटा गाडीको आधिकारिक विक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले टोयोटा कोरोला क्रस एसयुभीको बिक्री सुरु गरेको छ । कम्पनीले वर्तमान अवस्थालाई मध्यनजर राखेर बिक्री शुभारम्भ समारोह पहिलोपटक भर्चुअल प्रविधिको सहायताले सम्पन्न गरेको हो । 

यो कारको नयाँ संस्करण क्रस एसयुभी थाइल्यान्डमा निर्माण गरिएको कम्पनीले जनाएको छ । ४ सिलिन्डरको कार टिजिएनए प्लेटफर्ममा तयार भएकाले यसले अत्याधुनिक डिजाइन, स्थिरता र पूर्ण कार्य क्षमतालाई समर्थन गर्ने कम्पनीको दाबी छ । सिभिटी ट्रान्समिसन भएकाले यस किसिमको कारले गति छिटो लिने, न्यून उत्सर्जन पैदा गर्ने तथा हलुका भएको कम्पनीले जनाएको छ । 

यो कार कच्ची सडकहरूका लागिसमेत चलाउन उपयुक्त रहेको जनाइएको छ । यसको सम्पूर्ण बडीमा रहेको एसेन्ट लाइनले आकर्षित स्वरूप दिएको जनाइएको छ । कोरोला क्रसमा सबैभन्दा लामो ह्विलबेस भएकाले उच्च गतिमा दौडिरहेको समयमा अधिक स्थिरता तथा आरामदायी सवारी प्रदान गर्ने कम्पनीले जनाएको छ । 

भित्र फराकिलो स्थान तथा गोडा राख्नका लागि सुविधादायक स्थान रहेको कम्पनीले जनाएको छ । यसमा रहेको मुनरुफको सहायताले भित्र थप उज्यालो हुने कम्पनीको दाबी छ । 
यो कारमा ५.२ मिको मोडाउन मिल्ने व्यास रहेको जनाइएको छ । चालकलाई अधिकतम सुविस्ता प्रदान गर्नका लागि कोरोला क्रस एसयुभी नवीन टर्सन बिम सस्पेन्सनका साथ निर्माण भएको जनाइएको छ । 

हाल नेपालमा कोरोला क्रस एसयुभीका २ मोडल उपलब्ध रहेको कम्पनीले जनाएको छ । जसअनुसार इन्ट्री मोडलको बजार मूल्य १ करोड १२ लाख रुपैयाँ र हाई मोडलको मूल्य १ करोड ३३ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

See More On

सुझावित समाचार