दिनभर

बिहिबार, १५ असोज, २०७७
डिजिटल संस्करण

मेयरको चुनावी प्रतिबद्धता गिज्याउँदै छन् पोखरा महानगरका सडकले

पोखरा महानगरका मेयर मानबहादुर जिसीले निर्वाचनमा गरेको एउटा महत्वपूर्ण प्रतिबद्धता थियो, नगरका सडकमा बनेका खाल्डाखुल्डी २४ घन्टाभित्रै पुरिसक्ने । तर, निर्वाचित भएको तीन वर्ष बित्दै गर्दा महानगरका सडक खण्डहरझैँ बनेका छन् । नगरक्षेत्रका सडकले मेयर जिसीको प्रतिबद्धतालाई गिज्याइरहेका छन् ।महानगरका सडक अहिले नगरवासीका लागि मेयर जिसीलाई खिसिट्युरी गर्ने माध्यम बनेका छन् । सडकमा बनेका खाल्डातर्फ औँल्याउँदै नगरवासीले भन्ने गर्छन्– मेयरका सडक ।

निःशुल्क पिसिआर जाँच गर्न सर्वोच्चको आदेश
सर्वोच्च अदालतले पिसिआर जाँच निःशुल्क गर्न सरकारका नाममा परमादेश जारी गरेको छ । अधिवक्ता केशरजंग केसीसमेतले २८ भदौमा दायर गरेको रिटमाथि न्यायाधीश आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको संयुक्त इजलासले यस्तो आदेश दिएको हो । 

सरकारले डा. केसीलाई भन्यो– माग पूरा भएर कार्यान्वयनमा गइसक्यो, अनशन तोड्नुस्

सरकारले डा. गोविन्द केसीलाई अनशन तोड्न आग्रह गरेको छ । मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले डा. केसीको माग पूरा भएर कार्यान्वयनको चरणमा रहेको बताउँदै अनशन तोड्न आग्रह गरेका हुन् । 

नेपालमा कोरोनाबाट पहिलोपटक चिकित्सकको निधन

नेपालमा पहिलोपटक कोरोना संक्रमित एक डाक्टरको मृत्यु भएको छ । कर्णाली प्रदेशिक अस्पतालका अर्थोपेडिक सर्जन डा. हरि सापकोटाको उपचारका क्रममा भेरी अस्पताल बाँकेमा मृत्यु भएको हो । भदौ ३० गते स्वाब दिएका डा. सापकोटालाई भदौ ३१ गतेदेखि कर्णाली प्रदेश कोभिड अस्पताल भर्ना गरिएको थियो । थप उपचारका लागि यही असोज २ मा भेरी अस्पताल बाँकेमा रिफर गरिएको थियो । 

शंकरदास बैरागी मुख्यसचिव नियुक्त, खतिवडा अमेरिका र रेग्मी बेलायतको राजदूतमा सिफारिस

सरकारले परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीलाई नेपाल सरकारको मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको छ। बिहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बैरागीलाई मुख्यसचिव बनाउने निर्णय गरेको हो । आज बिहान मात्रै लोकदर्शन रेग्मीले मुख्यसचिवकाे पदबाट राजीनामा दिएका थिए । रेग्मीको राजीनामा स्वीकृत गरेपछि बैरागीलाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय भएको एक मन्त्रीले बताए । 

बिहान १०ः१९ बजे दसैँको टीकाको उत्तम साइत

नेपाल पञ्चांग निर्णायक समितिले वि.सं. २०७७ को विजयादशमीलगायत दसैँका विभिन्न साइत सार्वजनिक गरेको छ । ०७७ कात्तिक १ गते शनिबारदेखि नेपालीको महान् चाड बडादसैँ सुरु हुँदै छ । 

करका दर र अन्तःशुल्क घटाउने सरकारको निर्णय

सरकारले करका दर र अन्तःशुल्क घटाउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले करका दर र अन्तःशुल्क घटाउने निर्णय गरेको बताएका हुन् । 

युरोपमा १५ मिनेटमै कोरोना संक्रमण पत्ता लगाउने ‘एन्टिजेन’ परीक्षण सुरु

कोरोना भाइरस संक्रमण परीक्षणको नतिजा आउन कति समय लाग्छ ? एक दिन ? चाप बढेको अवस्थामा नतिजा आउन अझै धेरै दिन लाग्न सक्ला । नेपालमै पनि परीक्षणमा सहभागी भएपछि नतिजा हेर्न एक साताभन्दा बढी कुर्नुपरेको अनुभव छ । अमेरिका र युरोपका केही देशमा भने भाइरस संक्रमण परीक्षणको नयाँ प्रविधि सुरु भएको छ, जसले १५ मिनेटमै नतिजा दिनेछ ।

२० असोजदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने सरकारको प्रस्ताव, व्यवसायी पूर्ण क्षमतामा यात्रु बोक्न पाउनुपर्ने अडानमा

यातायात व्यवस्था विभागले आगामी २० असोजदेखि दसैँका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने प्रस्ताव गरेको छ । विभागले दसैँ–तिहारमा घर जान चाहनेहरूका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने गरी यातयात व्यवसायीसँग यस्तो प्रस्ताव गरेको हो । कोरोना भाइरस संक्रमण कारण विगतका वर्षहरूमा जस्तो यात्रुको चाप नहुने, उपत्यकाबाट बाहिनेको संख्या कमी हुन सक्ने भएकाले छिटो जाने यात्रुहरूका लागि चाँडै नै बुकिङ खुला गरी यात्रुलाई सहज बनाउनुपर्ने यातायात व्यवस्था विभागको प्रस्ताव रहेको छ ।

भारतमा अनलक-५ : १५ अक्टोबरदेखि मनोरञ्जन क्षेत्र पनि खुल्ने

भारत सरकारले कोरोना भाइरस (कोभिड– १९) नियन्त्रणका लागि गरेको लकडाउन क्रमशः खुलाउँदै लगेको छ । लामो समयसम्म लकडाउन रहिरहँदा नागरिकको जीवनयापनमै समस्या भएपछि भारतले विभिन्न चरणमा लकडाउन खुलाउन थालेको हो । यद्यपि भारतमा कोरोना महामारी नियन्त्रणभन्दा कोसौँ टाढा छ । हरेक दिन करिब एक लाख हाराहारी नयाँ संक्रमित थपिइरहेका छन् । 

सुझावित समाचार