सूर्य नेपालद्वारा तनहुँको शुक्लागण्डकी नगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण

बिहिबार, १५ असोज, २०७७
डिजिटल संस्करण

सूर्य नेपालले तनहुँको शुक्लागण्डकी नगरपालिकालाई एमबुलेन्स प्रदान गरेको छ । 

नगरपालिकामा आयोजित एक कार्यक्रमबीच कम्पनीले उक्त एम्बुलेन्स हस्तान्तरण गरेको हो ।

कार्यक्रममा नगरप्रमुख किसन गुरुङ, उपप्रमुख सबिता रसाइलीलगायत सूर्य नेपालका फ्याक्ट्री म्यानेजर बाबुराम कार्की, वाणिज्य प्रमुख गौतम यादव, एचआर म्यानेजर अञ्जन दुवाडी र सुरक्षा विभाग प्रमुख होमनाथ अर्याल सहभागी थिए । 

कार्यक्रममा नगरप्रमुख गुरुङ, उपप्रमुख रसाइलीलगायत सूर्य नेपालका फ्याक्ट्री म्यानेजर कार्कीले मन्तव्यसमेत राखेका थिए ।

सूर्य नेपाल कम्पनीले विगतदेखि नै विभिन्न सामाजिक क्षेत्रहरू जस्तै खेलकुद, शिक्षा, स्वास्थ्य, कृषि तथा भौतिक पूर्वाधारलगायतका क्षेत्रहरूमा सामाजिक उत्तरदायित्वअन्तर्गत निरन्तर सहयोग पुऱ्याउँदै आइरहेको छ ।

सुझावित समाचार