छायानाथ नगरपालिकाले माटो परीक्षण गरेर मात्र भवन बनाउन थाल्यो

बिहिबार, १५ असोज, २०७७
डिजिटल संस्करण

मुगुको छायानाथ रारा नगरपालिकाले जिल्लामै पहिलोपटक माटो परीक्षण गरेर कार्यालय भवन बनाउन लागेको छ । 

नगरपालिकाले प्रशासकीय भवन, कभर्डहल तथा सभाहललगायत भौतिक संरचनाको डिपिआर गर्दै माटो परीक्षण गरेर भौतिक संरचना निर्माण गर्न लागेको हो ।

प्रशासकीय भवन निर्माणलगायत अन्य भौतिक संरचना निमार्णका लागि माेडर्न कर्णाली इन्जिनियरिङ तथा विकास परामर्श प्रणालीसँगकोे सहकार्यमा डिपिआर तयार पारी माटो परीक्षण गरिरहेको छ । 

छायानाथ रारा नगरपालिकाले जिल्लाको इतिहासमा पहिलोपटक भौतिक संरचना निमार्ण गर्नुपूर्व डिपिआर गरी माटो परीक्षण गरेकोे नगर प्रमुख हरिजंग शाहीले बताए । 

उनका अनुसार भवन निर्माण मापदण्ड २०७२ जारी भएको, तर पालाना भएको अवस्थामा नगरपालिकाले नै पालना गरी सुरुवात गरेको बताए । 

पाँच करोड ५० लाखमा प्रशासकीय भवन र आठ करोडमा कभर्डहल तथा सभाहल निर्माण गरिने नगरपालिकाले जनाएको छ ।

इन्जिनियर  विक्रमबहादुर शाहीका अनुसार माटो परीक्षणविनै मुगुमा भवन लगाउने चलन रहेको भए तापनि परीक्षण गरी भरपर्दाे तरिकाले मात्र निर्माण थालेको बताए ।

सुझावित समाचार