आइपिएलमा सट्टेबाजी खेलाउने तीनजना पक्राउ

बुधबार, १४ असोज, २०७७
डिजिटल संस्करण

इन्डियन प्रिमियर लिग (आइपिएल)  क्रिक्रेटमा सट्टेबाजी खेलाएको आरोपमा तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका–  १५ का  ३८ वर्षीय मुन्ना भन्ने सत्यजित साह,  विराटनगर– १७ का ४२ वर्षीय जगदीश र ३८ वर्षीय वैजनाथ साह छन् । 

प्रहरीका अनुसार उनीहरूले आइपिएलमा कसले कति रन बनाउँछ, को आउट हुन्छ, कसले जित्छ र हार्छ भन्नेमा अनलाइनमार्फत सट्टेबाजी खेलाउँदै आएका थिए । मंगलबार राति सट्टेबाजी सञ्चालन गरिरहेको अवस्थामा पक्राउ परेका उनीहरूको साथबाट प्रहरीले   मोबाइल, ल्यापटप र साठी हजार नगद पनि बरामद गरेको छ । 

पक्राउ परेका तीनैजनालाई जुवा नियन्त्रण ऐनअनुसार कानुनी कारबाही प्रक्रिया अघि बढाएको मोरङ प्रहरीले जनाएको छ । 

सुझावित समाचार