चितवन मेडिकल कलेजका स्वास्थ्यकर्मीले यौन दुर्व्यवहार गरेको बिरामीको आरोप

बुधबार, १४ असोज, २०७७
डिजिटल संस्करण

चितवन मेडिकल कलेज शिक्षण अस्पताल (सिएमसी)मा कार्यरत एक स्वास्थ्यकर्मीले स्वास्थ्य जाँच गर्न गएकी एक महिलालाई यौन दुर्व्यवहार गरेको परिवारले आरोप लगाएको छ ।

मंगलबार अस्पतालमा घाँटीको उपचार गराउन ओपिडीमा गएकी महिलालाई अस्पतालका अडियोलोजिस्ट जयलालप्रसाद यादवले काखमा राखी पटकपटक गोप्य अंगमा चिमाेटेको बिरामीको आरोप छ ।

मसाज गर्नुपर्छ भन्दै उनले यौन दुर्व्यवहार गरेको बिरामीले आफन्तलाई बताएपछि यो विषयमा अस्पतालामा छलफलसमेत भएको थियो ।

छलफलका क्रममा यादवले बिरामीसँग खुटा ढोगेर माफी मागेको भिडियोसमेत छ । अस्पतालका अप्रेसन म्यानेजर पारस अधिकारीले यस विषयमा अस्पतालले अध्ययन गरिरहेको बताए ।

‘हामीले पीडितको कुरा सुन्यौँ,’ उनले भने, ‘थप अध्ययन गर्न बाँकी छ ।’ पीडितहरूले बिहीबार पनि अस्पतालले छलफलमा बोलाएको बताएको छ । यस विषयमा प्रहरीमा भने पीडितले उजुरी गरेका छैनन् ।

सुझावित समाचार