कर्मचारीमा कोरोना देखिएपछि वैदेशिक रोजगार कार्यालयको सेवा बन्द

बुधबार, १४ असोज, २०७७
डिजिटल संस्करण

कर्मचारीमा कोरोना संक्रमण देखिएपछि काठमाडौंको ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयको सेवा बुधबारदेखि बन्द गरिएको छ । 

कार्यालयमा कार्यरत एक कर्मचारीलाई कोरोना देखिएपछि अर्को सूचना नभएसम्मका लागि सेवा बन्द गरिएको कार्यालयले जनाएको छ । श्रम स्वीकृति प्रदान गर्ने कार्य रोकिएको बुधबार सूचना जारी गर्दै कार्यालयले जनाएको हो । 

सरकारले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर वैदेशिक रोजगार खुला गरेसँगै पछिल्ला केही दिनयता कार्यालयमा श्रम स्वीकृति लिनेको भिड बढेको थियो । राससका अनुसार कार्यालयले १ असोजदेखि १३ गतेसम्म तीन हजार एक सय १६ जनालाई श्रम स्वीकृति प्रदान गरेको छ । 

सुझावित समाचार