चिनियाँ दूतावासनजिक प्रदर्शन गर्ने नेविसंघका ६ जना पक्राउ

सोमबार, १२ असोज, २०७७
डिजिटल संस्करण

हुम्लामा सीमा मिचिएको विरोधमा चिनियाँ दूतावासमा प्रदर्शन गर्न पुगेका नेविसंघका ६ जना नेतालाई प्रहरीले पक्राउ गरेको छ ।

दूतावास पुगेर सीमा मिच्न पाइँदैन, चिनियाँ हस्तक्षेप बन्द गर जस्ता नारा लगाइरहेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नवराज त्रिपाठी, प्रनिल तामाङ, सुबोध ओली, अर्बत खड्का, दीपेन्द्र खड्का रहेको नेविसंघका मनीष सिम्खडाले जानकारी दिए।  

त्रिपाठी चिनौँ सिमाना, जोगाऔँ माटो अभियानका संयोजक पनि हुन्।   

See More On

सुझावित समाचार