आँखा अस्पतालमा दुई नयाँ मेसिन

सोमबार, १२ असोज, २०७७
डिजिटल संस्करण

नेपाल आँखा अस्पतालले रेटिना शल्यक्रियासम्बन्धी अत्याधुनिक भिटेक्टोमी मेसिन झिकाएर सेवा दिन सुरु गरेको छ । कम्पनीले युरोपियन कम्पनीको इभा डिओआरसी मोडलको प्रतिमिनेट १५ हजार कट क्षमताको हाई स्पिड भिट्रेक्टोमी सिस्टम भएको मेसिन झिकाएको हो । 

यो मेसिनद्वारा एन्टेरियर सेगमेन्टमा मोतीबिन्दुको फेको इमस्लिफिकेसन सर्जरी र पोस्टेरियर सेगमेन्टमा भिट्रो रेटिनर सर्जरी गरी डायबिटिक रेटिनोपेथीको उपचार गर्न सकिने अस्पतालले जनाएको छ । भिटेक्टोमी सर्जरी टाँका लगाउनुनपर्ने गरी गर्न सकिने अस्पतालले जनाएको छ ।

एन्टेरियर च्याम्बर–पोस्टेरियर चेम्बर भिट्रेक्टोमी दुवै अप्रेसन हुने करिब १ करोड रुपैयाँ मूल्य पर्ने यो मेसिनको उपलब्धतासँगै नयाँ प्रविधिको चरणमा प्रवेश गरेको अस्पतालको दाबी छ ।  

अस्पतालले १ करोड ८ लाख रुपैयाँको नयाँ अप्टिकल कोहरेन्स टोमोग्राफी मेसिन ल्याएको जनाएको छ । यो मेसिनले रगतमा फ्लोरोसिन डाईविना आँखाको पर्दाको सम्पूर्ण धमनीसम्बन्धी रोगको सूक्ष्म अध्ययन गरी रोग निदान गर्न सकिने जनाइएको छ ।

जर्मन प्रविधिको हेइडलवर्ग मेसिन रहेको र जलबिन्दुसम्बन्धी आरएनएफएलको थ्री डी इमेज एनालाइसिस तथा आँखाको एन्टेरियर सेग्मेन्टको पनि थ्री डी इमेज एनालाइसिस खिच्ने क्षमता भएको अस्पतालका मेडिकल डाइरेक्टर डा. कमलबहादुर खड्काले बताए । 

सुझावित समाचार