ओली-प्रचण्ड छलफलमा, मन्त्रिपरिषद् बैठक १२ बजे आह्वान

आइतबार, ११ असोज, २०७७
डिजिटल संस्करण

प्रधानमन्त्री केपी शर्मा ओलीले आज मध्याह्न १२ बजे मन्त्रिपरिषद्को आकस्मिक बैठक आह्वान गरेका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग मन्त्रिपरिषद् पुनर्गठनबारे बालुवाटारमा छलफल गरिरहेका प्रधानमन्त्री ओलीले आकस्मिक बैठक बोलाएका हुन् ।

ओली र प्रचण्डबीच अहिले प्रधानमन्त्रीनिवास बालुवाटारमा मन्त्रिपरिषद् पुनर्गठनमा केन्द्रित रहेर छलफल चलिरहेको छ ।

उच्च स्राेतका अनुसार भौतिक पूर्वाधार तथा यातायात, ऊर्जा जलस्राेत तथा सिँचाइ, उद्योग वाणिज्य तथा आपूर्ति र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमध्येबाट फुटाई मन्त्रिपरिषद् पुनर्गठन गर्नेबारेमा अहिले बालुवाटारमा दुई अध्यक्षबीच छलफल चलिरहेको छ । 

उनीहरूबीच एक सातायता लगातार मन्त्रिपरिषदमा केन्द्रित रहेर छलफल हुँदै आएको छ ।

सुझावित समाचार