हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले हस्कभर्ना ट्विन्स मोटरसाइकल सार्वजनिक गरेको छ । हस्कभर्ना स्विडेन मूलको मोटरसाइकल केटिएम ग्रुपको एक अंश हो ।
कम्पनीले स्भार्टपिलेन २५० र भिटपिलेन २५० बजारमा ल्याएको जनाएको छ । केटिएम ब्रान्डको सफलतापछि हस्कभर्ना ल्याइएको जनाइएको छ । कम्पनीले आफ्ना सोरुमहरू केटिएम र हस्कभर्ना दुवै मोटरसाइकल बिक्री गर्नका लागि केटिएम सोरुमलाई स्तरोन्नति गरेको जनाएको छ ।
हस्कभर्ना स्भार्टपिलेन र भिटपिलेनसँग स्विडेनी डिजाइन रहेको दाबी गरिएको छ । यो अन्डरस्टेटेड, मिनिमलिस्ट, एलिगेन्ट भएका कारणले अन्य प्रिमियम मोटरसाइकल सेग्मेन्टको मोटरसाइकलभन्दा भिन्न भएको कम्पनीले जनाएको छ ।
स्भार्टपिलेन २५० मा रग्ड डिजाइनको अपराइट स्ट्यान्सका साथै डुअल पर्पज टायरमा आउने जनाइएको छ । अन र अफ रोड दुवै यात्राहरूका लागि उपयुक्त भएको कम्पनीको दाबी छ । भिटपिलेन २५० मा स्पोर्टी डिजाइन, क्लिप भएको ह्यान्डलबार र फ्रन्ट लिन राइडिङ पोजिसन रहेको कम्पनीले जनाएको छ ।
दुवै मोटरसाइकलको परिचयात्मक मूल्य ५ लाख ६९ हजार ९ सय रुपैयाँ तोकिएकोे छ ।