जाजरकोटको नलगाडका वडासचिवको मृत्यु

बुधबार, ३१ भदौ, २०७७
डिजिटल संस्करण

नलगाड नगरपालिका– १० का २६ वर्षीय वडासचिव कविराम रोकाको मृत्यु भएको छ । कार्यक्षेत्रमा काम गरिरहेको समयमा आज बिहान मृत्यु भएको हो । 

मुसीकोट नगरपालिका १३ घर भएका रोका केही समयदेखि नलगाड- १० मा कार्यरत थिए । गत हप्तादेखि उनलाई निरन्तर ज्वरो आउने, श्वास–प्रश्वासमा समस्या आएको नगरपालिकाका प्रवक्ता राममाया हमालले जानकारी दिइन् ।  

मृतक रोकाको स्वाब संकलन गरेर चौरजहारीस्थित कोरोना जाँच प्रयोगशालामा पठाउने तयारी भएको छ । 
  
 

सुझावित समाचार