सिन्धुपाल्चोकमा पहिरो, १८ घर पुरिए

आइतबार, २८ भदौ, २०७७
डिजिटल संस्करण

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका– ७ घुम्थाङको नागपुजेमा गएराति खसेको पहिरोले कम्तीमा आठ घर र भिरखर्कमा कम्तीमा १० घर पुरिएका छन्। 

स्थानीय शिक्षक बजिरसिंह भण्डारीका अनुसार नागपुजेमा पुरिएका घरका सबै मानिस बेपत्ता छन् । भिरखर्कमा पुरिएका घर र बेपत्ता मानिसबारे नजिक पुगेर जानकारी लिन कठिन रहेको स्थानीयवासीको भनाइ छ ।     
     
त्यस्तै, जुगल गाउँपालिका– ५ चनौटेमा पहिरो जाँदा केही घर पुरिएका छन् । त्यहाँ मानवीय क्षति नभएको बताइएको छ । घटना थाहा हुनेबित्तिकै प्रहरी घटनास्थलतर्फ लागेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । 

तस्बिर : बजिरसिंह भण्डारीको फेसबुकबाट

सुझावित समाचार