हिमालय एयरलाइन्सले प्राप्त गऱ्याे आइएसओ ९००१

बिहिबार, २५ भदौ, २०७७
डिजिटल संस्करण

नेपाली व्यवसायी र चिनियाँ व्यवसायीको संयुक्त लगानीमा सञ्चालित हिमालय एयरलाइन्सले क्वालिटी म्यानेजमेन्ट सिस्टमसँग सम्बन्धित आइएसओ ९००१–२०१५ हासिल गरेको छ । 

हिमालय एयरलाइन्सले विज्ञप्ति निकाली यस प्रमाणीकरणले एयरलाइन्सको अपरेसन क्षेत्रमा उच्चतम मापदण्ड कायम गरी इन्जिनियरिङ सेवा प्रदान गर्न सक्ने दक्षता पुष्टि भएको जनाएको छ । 

एयरलाइन्सले आफूले पाएको यस गुणस्तरको मापदण्डमा रहेर काम गर्ने प्रतिबद्धता ग्रहक एवं नियमनकारी निकायसामु जनाउने बताएको छ । 

एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले भने, ‘यो नयाँ उपलब्धिले एयरलाइन्सको सेवालाई प्रमाणित गरेको छ र आगामी दिनमा ग्राहकको सुविधा र सुरक्षालाई लक्षित गरी सेवा केन्द्रित गर्न जिम्मेवारी थपेको छ ।’

हिमालय एयरलाइन्सले सन् २०१४ अगष्टमा स्थापित भई हवाई सेवा प्रदान गर्दै आएको हो । 

हाल हिमालय एयरलाइन्स्ले अबुधाबी, दमाम, दोहा, ढाका, क्वालालम्पुर, बेइजिङ र छोडछिडमा उडान सेवा  दिँदै आएको छ ।

सुझावित समाचार