बाघको आक्रमणबाट भरतपुरमा एकजनाको मृत्यु

सोमबार, २२ भदौ, २०७७
डिजिटल संस्करण
बाघको आक्रमणबाट भरतपुरमा एकजनाको मृत्यु

बाटुली पोखरी मध्यवर्ती सामुदायीक वन

वनमा घाँस काटिरहेको वेला बाघले आक्रमण गर्दा भरतपुर महानगरपालिका– १३ उज्ज्वलनगरका ६० वर्षीय बाबुराम महतोको मृत्यु भएको छ । बाटुली पोखरी मध्यवर्ती सामुदायिक वनभित्र घाँस काटिरहेका महतोलाई सोमबार बाघले आक्रमण गर्दा घटनास्थलमा नै मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता सूर्य थापाका अनुसार बिहान ८ बजे वनमा घाँस काट्न गएका उनको बाघले घाँटीभन्दा माथिको भाग खाइसकेको अवस्थामा शव फेला परेको हो । उनीसँगै गएका साथीले बाघले आक्रमण गरेको सूचना दिएपछि प्रहरी र वन समितिको टोली उद्धारका लागि गएको थियो । उनको शव दिउँसो ३ बजेतिर राप्ती नदीबाट १० मिटर पर फेला परेको थियो । 

बाटुली पोखरी मध्यवर्ती सामुदायिक वनका अध्यक्ष हरिदत्त मिश्रले घटनाका कारण एक साता वन प्रवेशमा रोक लगाएको जानकारी दिए । वनछेउका मानिसलाई घरबाहिर ननिस्कन पनि आग्रह गरेको उनले बताए । घटनास्थल सदरमुकाम भरतपुरबाट १८ किलोमिटर दक्षिण–पश्चिमतर्फ पर्छ । 
 

सुझावित समाचार