कपिलवस्तु । कपिलवस्तुको महाराजगन्ज नगरपालिका– ९, सेमरीमा धान काट्ने कम्बाइन मेसिन पोखरीमा पल्टिँदा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका बताएको छ ।
लु.५त १४ नम्बरको धान काट्ने कम्बाइन मेसिन सडकनजिकै रहेको पानी पोखरीमा पल्टिँदा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी निरीक्षक राजन ढकालले बताएका छन् ।
मेसिन अपरेटर भारतको लखिमपुर जिल्ला, खिरी थाना निवासी ३८ वर्षीय महेन्द्र कुशुवाले चलाइरहेको अवस्थामा मेसिन अनियन्त्रित भई पोखरीमा पल्टिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा चालक महेन्द्र कुशुवा, सहचालक वर्षीय दिनेश कुशुवा, १९ वर्षीय त्रिपाल कुशुवा र कपिलवस्तुको वाणगंगा नगरपालिका– १० बिकुलीका ३२ वर्षीय कलिम कुशुवा घाइते भएको बताएको छ ।
घाइतेमध्ये सहचालक दिनेश कुशुवालाई जिल्ला अस्पताल तौलिहवा पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए । अन्य तीनजनाको अवस्था सामान्य रहेको जनाइएको छ ।