मकवानपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका– १५, स्थित चुरियामाई–रातमाटे खण्डमा इभी गाडी र स्कुटर एक–आपसमा ठोक्किँदा स्कुटरचालकको मृत्यु भएको छ ।
बिहीबार भएको दुर्घटनामा बागमती प्रदेश २०–०३७ प ८५२८ नम्बरको स्कुटर र वीरगन्ज–नारायणगढ रुटमा सञ्चालन हुने बागमती प्रदेश ०१–००६ ख ९८३६ नम्बरको इभी गाडी दुर्घटनामा परेका हुन् ।
प्रारम्भिक जानकारीअनुसार दुर्घटनामा स्कुटरचालकको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनाबारे जानकारी प्राप्त भएपछि घटनास्थलमा प्रहरी टोली पुगेको छ।
मृतकको पहिचान, दुर्घटनाको कारण तथा घटनाको विस्तृत विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।