काठमााडौं/ काठमाडौंको चाबहिलबाट चोरीका मोटरसाइकलसहित प्रहरीले तीनजनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका– २ घर भई गोकर्ण बस्ने २१ वर्षीय तेन्जिङ लामा तथा जुगल– ३ घर भई माकलबारी बस्ने १९ वर्षीय लाक्पा शेर्पा र दशलाल भन्ने २८ वर्षीय समीर तामाङ रहेका छन्।
गत शुक्रबार राति करिब ११ बजे प्रहरी वृत्त गौशालाको टोलीले बा ८४ प ५४८४ नम्बरको एनएस मोटरसाइकलमा सवार लामा र शेर्पालाई सोधपुछ गर्दा चोरीको मोटरसाइकल रहेको खुलेको प्रहरीले जनाएको छ।
सो मोटरसाइकल तामाङले बिक्री गरेको खुलेपछि प्रहरीले शनिबार सुन्दरीजल भद्रबासबाट उनलाई पनि नियन्त्रणमा लिएको हो।
तामाङसँग बा ८४ प ५४८४ नम्बरको एनएस २००, बा.प्र ०२–०३० प ८४७५ नम्बरको एनटर्क स्कुटरसहित प्रदेश ३–०२–००७ प ८२७५ र बा ३२ प ४५६० नम्बर रहेको नम्बर प्लेट, सवारी दर्ता किताब एक थानलगायतका सामग्री बरामद गरेको छ।