झापा/ झापामा साढे पाँच वर्षमा २७६ जनाले नेपाली नागरिकता त्यागेका छन् । जिल्ला प्रशासन कार्यालय झापाका अनुसार ०७८ देखि ०८३ को १२ कात्तिकसम्म २७६ जनाले नागरिकता त्यागेर विदेशी नागरिकता लिएका हुन् ।
नागरिकता त्याग्नेमा धेरै पुरुष रहेको प्रशासनले जनाएको छ । यो अवधिमा १६७ जना पुरुष र १०९ जना महिलाले नागरिकता त्यागेका हुन् ।
प्रशासनका अनुसार सबैभन्दा धेरै ०८० मा ७९ जनाले नागरिकता त्यागेका हुन् । यस्तै, सबैभन्दा कम ०७८ मा ६ जनाले नागरिकता त्यागेका हुन् ।
त्यस्तै, ०७९ मा ११ जना, ०८१ मा ७१ जना, ०८२ मा ७० जना र ०८३ को १२ कात्तिकसम्म ३९ जनाले नागरिकता त्यागेको तथ्यांक छ ।