सरकारको निर्णयविरुद्ध सर्वोच्च गए कार्की

शुक्रबार, २० कार्तिक, २०८३
प्रिन्ट संस्करण

काठमाडाैं- सरकारले प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार नियुक्त गरेपछि असन्तुष्ट दानबहादुर कार्की त्यसविरुद्ध रिट लिएर सर्वोच्च अदालत पुगेका छन् । तर, उनको रिट दर्ता भइसकेको छैन ।

सर्वोच्च प्रशासनले अध्ययनकै क्रममा रहेको जानकारी दिएको उनका कानुन व्यवसायी टीका कार्कीले जानकारी दिए । बिहान १० बने नै कानुन व्यवसायीले दर्ताका लागि रिट पेस गरेका थिए ।

कार्की सरकारले खटाएको जिम्मेवारीमा हाजिर नभई न्याय माग्दै सर्वोच्च पुगेका हुन् । रिटबारे सर्वोच्चका अधिकारीले औपचारिक जानकारी दिएका छैनन् । स्रोतका अनुसार यसबारे शुक्रबार निर्णय हुनेछ । शुक्रबार दर्ता भए पनि एकैदिन सुनुवाइ हुन नसक्ने भएकाले अब तिहारपछि मात्र सुनुवाइ हुनेछ ।

सुझावित समाचार