गोकर्णेश्वरमा फरार युवकमाथि प्रहरीको गोली

बिहिबार, १९ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौं । एक फरार अभियुक्त पक्राउ गर्न प्रहरीले गोली प्रहार गरेको छ। जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले बिहीबार साँझ गोकर्णेश्वर नगरपालिका– ३, गाम्चामामा गोली हानी ३१ वर्षीय सुजन तामाङलाई पक्राउ गरेको हो। 

नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि आक्रमण गरेपछि घुँडामुनि गोली हानी उनलाई पक्राउ गरिएको एसपी दानबहादुर थापाले बताए। तामाङ सस्तोमा डलर साटिदिने भन्दै ठगी तथा लुटपाटमा संलग्न रहेको प्रहरीले जनाएको छ। 
 

सुझावित समाचार