भूमि प्रशासन मलंगवाका नासु एक लाख घुससहित पक्राउ

बिहिबार, १९ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौं/ भूमि प्रशासन कार्यालय, मलंगवा, सर्लाहीका नायब सुब्बा निर्मल तिमल्सिना एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरूपयोग अनुसन्धान आयोग, बर्दिबास कार्यालयबाट खटिएको टोलीले तिमल्सिनालाई बुधबार घुससहित पक्राउ गरेको हो। अख्तियारका अनुसार उनले मोही कायम भएका जग्गा नामसारी गराउने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिएका हुन्।

बिहीबार विशेष अदालतबाट घुस (रिसवत) भ्रष्टाचारसम्बन्धी मुद्दामा म्याद थप अनुमति लिई अनुसन्धान कार्य अघि बढाएको अख्तियारले जनाएको छ।

सुझावित समाचार